पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु, ३ हजार ३०९ जना कोरोना संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा ३८ सय ४४ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा १८७८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी १८ सय ७८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

प्रकाशित : कात्तिक १९, २०७७

प्रतिक्रिया दिनुहोस्