यू १९ विश्वकप छनोटः नेपाललाई तेस्रो सफलता



काठमाडौं : आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा अहिले नेपाल र मलेसियाबीच खेल भइरहेको छ । घरेलु टोली मलेसियाविरुद्ध नेपालले बलिङ गरिरहेको छ । १३ ओभरको पहिलो बलमा नेपालले मलेसियाको तेस्रो विकेट झारेको छ ।

पवन सराफको बलमा मलेसियाका मोहम्मद अमिर आउट भएका हुन् । मलेसियाले १४ ओभर खेलेर तीन विकेटको क्षतिमा ५० रन बनाएको छ । क्वालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा मलेसियाले १३ ओभरभित्रै ३विकेट गुमाएको छ । यसअघि मलेसियाका अस्लम खान शुन्य रनमै आउट भएका थिए ।

उनलाई  दीपेन्द्र सिंह ऐरिले अस्लाम खानलाई क्याच आउट गरेका हुन् । यस्तै  कमलसिंहले ४.२ ओभरमा दोस्रो विकेटको रुपमा वान अमिरुललाई आउट गरे । पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाललाई दोस्रो खेलमा भने वर्षा बाधक बनेपछि यूएईसँग डिएल मेथोडमा एक रनले पराजित भएको थियो ।

पछिल्ला ५ खेलमा मलेसियाले नेपालमाथि जित दर्ता गर्न सकेको छैन । मलेसियाविरुद्ध जित निकाले विश्वकपमा छनोट हुने नेपालको सम्भावना कायमै रहनेछ । २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । छनोटमा २ खेल जितेको कुवेत ४ अंकसहित शीर्ष स्थानमा छ भने ४ अंक नै जोडेको युएई दोस्रो स्थानमा छ । दुवै खेल गुमाएको मलेसिया भने पाँचौ स्थानमा छ ।  

प्रतिक्रिया दिनुहोस्