सुदूरपश्चिमा कैलालीका ४५ सहित ६० जनामा कोरोना संक्रमण पुष्टी



धनगढी : सेती प्रादेशीक अस्पतालमा आज (बुधबार) ६० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३३८ जनाको कोरोना परिक्षण गरिएकोमा थप ६० जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा ८ महिला ५२ पुरुष रहेको सूचना अधिकारी श्रेष्ठ जानकारी दिए । संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर २ र वडा नखुलेका ३र३ जना, वडा नम्बर ३ र ४ मा २र२ जना, र वडा नम्बर ७, ९, १३ का १र१ जना गरी २८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

त्यसै गरि कैलालीको लम्की चुहानगरपालीका र भजनीका ३-३ जना, गोदावरीका २ जना, बर्दगोरीयाका ९ जना, पनि संक्रमण पुष्टी भएको छ । त्यसै गरि कञ्चनपुरको बेदकोटका ७ जना, भिमदत्त ६ जना, कञ्चनपुरको स्थानीय तह नखुलेका एक जना, र बाजुराका एक जनामा संक्रमण पुष्टी भएको छ ।

प्रकाशितः १९ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्