धरानमा कोरोना संक्रमित महिलाको मृत्यु



राजविराज : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिहीबार बिहान सप्तरीको विष्णपुर गाउँपालिकाको सिम्राहा गाउँकी ३२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

बिरामी भएपछि शनिबार धरानस्थित प्रतिष्ठान भर्ना भएकी उनको स्वास्थ्यमा सुधार भएपछि वार्डमा सारिएको थियो । वार्डमा सारेपछि स्वाब संकलन गरिएको थियो। उनको स्वाबको रिपोर्ट बुधबार पोजेटिभ आएको थियो ।

पिसाबमा समस्या देखिएपछि १५ दिन अघि विराटनगरमा उपचार पश्चात निको भई राजविराज–९ मलेठस्थित माइत फर्किएकी थिइन् । तर, शनिबार बान्ता गरेपछि उनलाई धरान लगिएको थियो ।

योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रकाशित : कात्तिक २०, २०७७

प्रतिक्रिया दिनुहोस्