न्याय परिषद् सदस्य नियुक्तिमा पनि ओली र प्रचण्ड–नेपाल समूहबीच विवाद



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा न्याय परिषद् सदस्य नियुक्तिमा पनि विवाद शुरु भएको छ ।

नेपाल बार एशोसिएसनको सिफारिसमा नियुक्त हुने न्याय परिषद्को सदस्यका लागि दुबै समूहले अलग–अलग नाम प्रस्ताव गरेपछि नेकपा पार्टीमा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद शुरु भएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले महेश नेपालको नाम अघि सारेका छन् भने अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहले रामप्रसाद श्रेष्ठको नाम अघि सारेका छन् ।

यसबारे प्रचण्ड–नेपाल समूहले बिहीबार कानून व्यवसायीहरुसँग समेत परामर्श गरेका छन् ।

न्यायपरिषद्ले अदालतहरुमा न्यायाधीश सिफारिस गर्ने, न्यायप्रशासनसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, न्यायधीशको आचारसंहिता बनाउने, न्यायाधीशको तालिम, प्रशिक्षणका पाठ्यक्रम बनाउने काम गर्छ ।

प्रकाशित : कात्तिक २०, २०७७

प्रतिक्रिया दिनुहोस्