अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपको तयारी पूरा



काठमाडौं : ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ को तयारी पूरा भएको छ । कात्तिक २२ र २३ गते हुने च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको च्याम्पियनसिपमा नेपालका एक सय ९० र अरु विभिन्न राष्ट्रका एक सय ७१ खेलाडीले सहभागिता जनाउने छन् ।

च्याम्पियनसिपमा हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका खेलाडीले सहभागिता जनाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्