थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु



काठमाडौं : मुलुकमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या भने हजार ५२ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा ७९७ पुरुष र ६०१ महिला गरेर १३ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । अहिले काठमाडौंमा ११ हजार ३५९, भक्तपुरमा १७ सय ३० र ललितपुरमा १८ सय ९१ जना आइसोलेशनमा छन् ।  

त्यसैगरी २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ७ हजार १९० परीक्षणहरु भएका छन् । २४ घण्टामा जम्मा १३ हजार ६८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ जना रहेका छन् ।

प्रकाशित : कात्तिक २०, २०७७

प्रतिक्रिया दिनुहोस्