युरोपा लिगमा आज २४ खेल हुँदै : आर्सनलले मोल्डेसँग खेल्ने



काठमाडौं : युरोपा लिग फुटबल अन्तर्गत आज (बिहीबार) राति विभिन्न २४ खेलहरु हुने भएको छ। प्रिमियर लिग क्लब आर्सनलले नर्वेको मोल्डे एफकेसँग खेल्नेछ ।

आर्सनल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने मोल्डे पनि ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस्तै आजै हुने अर्को खेलमा टोटेनहमले बुल्गेरियाको लुडोगोरेट्ससँग उसैको मैदानमा खेल्नेछ ।

२ खेलमा ३ अंक जोडेको टोटेनहम समूहको दोस्रो स्थानमा रहेको छ भने अंक विहीन लुडोगोरेट्स पहिलो जितको खोजीमा हुनेछ ।

त्यस्तै अर्को खेलमा इंग्लिस क्लब लेष्टर सिटीले पोर्चुगिज क्लब ब्रागासँग, इटालियन क्लब एसी मिलानले फ्रेन्च क्लब लिलसँग, इटालियन क्लब नापोलीले रिजिकासँग तथा रोमाले सीएफआर क्लुजसँग खेल्नेछ ।

त्यस्तै स्पेनिस क्लब रियल सोसिडाडले अल्कमारसँग खेल्दा ग्रानडाले ओमोनिया र भिल्ला रियलले तेल एभिभीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्