आईपीएल : मुम्बईविरुद्ध दिल्लीले पहिले बलिङ गर्ने



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायरमा अहिले मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा भइरहेको छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले पहिले बलिङ गर्ने भएको छ। टस जितेको दिल्लीले बलिङ गर्ने निर्णय गरेको हो।

यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्