आईपीएल : एलिमिनेटरमा हैदराबाद र बैंगलोर भिड्दै



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुने भएको छ।

क्वालिफायर प्रवेशका लागि हुने हैदराबाद र बैंगलोरबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ । आबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा हुने खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । र, फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

एलिमिनेटरमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । हैदराबादले १४ खेलमा १४ अंक जोडेको भने बैंगलोरले समेत लिग चरणमा १४ खेलमा १४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्