सिन्धुपाल्चोकमा पाँचपोखरी कप फुटबल आयोजना हुने



काठमाडौं : सिन्धुपाल्चोकमा प्रथम पाँचपोखरी कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक भोताङ फुटबल क्लबका अनुसार पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजना हुने प्रतियोगिता कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म संचालन हुने छ ।

प्रतियोगिताको विजेताले ५० हजारको प्राप्त गर्दा दोस्रो हुनेले २५ हजार पाउने छन् । कोरोना संक्रमणको जोखिमको बाबजुद स्वास्थ्य सतर्कताका नियमहरु पालना गरी प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्