‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा ४ विदेशी निर्णायक



काठमाडौं : ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा ४ राष्ट्रका निर्णायकले खेलाडीको मूल्यांकन गर्ने भएका छन् ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा अस्ट्रेलिया, म्यानमार, भारत र नेपालका निर्णायक रहने जनाइएको छ।

शनिबार र आइतबार आयोजना हुने च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्रीहरु अस्ट्रेलियाका र्यान राजेन्द्र, म्यानमारका अनुक न्यान र भारतका अतुल पानगोत्रा र नेपालका रवीन्द्र मल्लले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्