पछिल्लो २४ घण्टामा २९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ४५ सय डिस्चार्ज



काठमाडौं : पछिल्लो २४ घण्टामा २९ सय ९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने ४५ सय जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ हजार ९ सय ५ जना सक्रिय कोरोना संक्रमित छन् । मन्त्रालयका अनुसार आइसोलेसनमा ३४ हजार ९ सय ५ जना छन् भने क्वारेन्टाइनमा १२ सय ५४ जना छन् ।

त्यस्तै आज (शुक्रबार) ४५ सय जना कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट १ हजार ७० जनाको मृत्यु भएको छ । आज मात्रै १८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित :२१ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्