बंगलादेश पुगेको नेपाली फुटबल टोलीले गरे होटलको छतमै अभ्यास(फोटोसहित)



काठमाडौं : मैत्रिपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोलीले क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गरेको छ । टोलीले पहिलो दिन क्वारेन्टाइन बसेको होटलको छतमा नै सामान्य अभ्यास गरेको हो।

बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडेको थियो । बंगलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोली एक साता क्वारेन्टाइन बसाइपछि दुई मैत्रिपूर्ण खेल खेल्ने छ ।

यसअघि होटलमै नेपाली टोलीको पिसिआर परीक्षण गरिएको थियो तर अहिलेसम्म नतिजा आएको छैन ।

नेपालले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते उसैको मैदानमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । मैत्रिपूर्ण खेलका लागि २५ खेलाडीसहित ३४ सदस्यीय नेपाली टिम बिहीबार ढाका प्रस्थान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्