पहाडी क्षेत्रमा आंशिक बदली : महाशाखा



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अरु क्षेत्रको मौसम सामान्यतया बदली हुने जनाएको छ ।

शनिबार बिहान दैनिक बुलेटिन जारी गर्दै महाशाखाले अहिले नेपालमा प्रभाव पर्ने उल्लेखनीय मौसमी प्रणली विकसित नभएकाले अधिकांश क्षेत्रमा मौसम सफा हुने जनाएको छ ।

मौसमविदका अनुसार पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण आंशिक बदलीको सम्भावना देखिएको हो ।

अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी आइतबार प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

साथै देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : कात्तिक २२, २०७७

प्रतिक्रिया दिनुहोस्