काँग्रेसका नौ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं : नेपाली काँग्रेसका थप नौजना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केन्द्रीय कार्यालय सनेपामा बिहीबार भएको परीक्षणमा नौ जना केन्द्रीय सदस्यहरुदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पार्टी कार्यालयका सचिव प्रेम केसीका अनुसार संक्रमण हुने केन्द्रीय सदस्यहरुमा सुरेन्द्रराज पाण्डे, किरण यादव, सुजाता परियार, कृष्णकिशोर घिमिरे, श्याम घिमिरे र मोहम्मद सिद्धिकीलाई कोरोना पोजेटिभ देखिएको हो ।

त्यसअघि केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु, शिव हुमागाई र फर्मुल्लाह मन्सुरलाई संक्रमण पुष्टि भएको थियो ।

केन्द्रीय कार्य समितिको बैठक बस्ने भएपछि बिहीबार काँग्रेस पार्टी कार्यालयमा ८२ जनाले कोरोना परीक्षण गराएका थिए ।

संक्रमित नेताहरुको स्वास्थ्य अवस्था भने सामान्य छ ।

यसअघि गत असोज १८ गते केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापासहितलाई कोरोना संक्रमण भएपछि १९ असोज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको थियो ।

प्रकाशित : कात्तिक २२, २०७७

प्रतिक्रिया दिनुहोस्