कोरोनाले कैलालीमा २ जनाको मृत्यु



धनगढी : कोरोना संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ ।

टीकापुरका एक पुरुष र बर्दगोरियाका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

कैलालीको टीकापुर नगरपालिका-१ का ३९ वर्षका एक पुरुष र बर्दगोरिया गाउँपालिका-४ का ५९ वर्षकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । दुबै जना होम आईसुलेसनमा बसेका बेला मृत्यु भएको जनाइएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुन थालेपछि समुदायमा त्रास फैलिएको छ । समुदाय स्तरमा फैलिएको कोरोना रोकथामका लागि सरकारी निकायले प्रभावकारी भूमिका निर्वाह नगरेकोमा स्थानीय चिन्तित भएका छन् ।

प्रकाशित :२२ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्