भरतपुर महानगरपालिकाद्वारा क्रिकेट रंगशालालाई थप २ करोड सहयोग



काठमाडौं : भरतपुर महानगरपालिकाले निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई थप २ करोड आर्थिक सहयोग गरेको छ ।

महानगरका प्रमुख रेणु दाहालले शुक्रबार धुर्मुस सुन्तली फाउन्डेसनलाई थप २ करोड आर्थिक रकम हस्तान्तरण गरिन् ।

यस अघि पनि महानगरले रंगशालालाई २ करोड सहयोग गरिसकेको छ । भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । हालसम्म रंगशालाको मुख्य मैदानको काम ९० प्रतिशत सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्