श्रीमानलाई हेप्ने, नराम्रो शब्द बोल्ने श्रीमतीले कहिल्यै श्रीमानको प्रगती हुन दिँदैनन् !



श्रीमानलाई नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाई प्रगती गर्न दिँदैनन् । चाहे जसले जे भनोस श्रीमान भनेका देवता हुन् । श्रीमान परिवारको लागि मर्न तयार हुन्छन् । आफ्नो श्रीमानलाई जतिबेला पनि नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने ,चिच्याएर बोल्ने, महिलाले कहिलै पनि आफ्नो पुरुषको भलो हुन दिँदैनन् ।

दाम्पत्य सम्वन्ध जति धेरै झगडा, उति धेरै माया । श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको झगडा प्राय अल्पकालिन नै हुन्छन् । ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त भनाई नै छ ।

हालै गरिएको एक सर्भेक्षणले विवाहित जोडीहरुबीच झगडाले सम्वन्धलाई अझै कसिलो र मायालु बनाउने देखाएको छ । उक्त सर्भेक्षणमा सहभागी ४४ प्रतिशत विवाहित जोडिहरुले सातामा एक पटकभन्दा बढी झगडा गर्ने गरेका थिए । यस्तो झगडाले सम्वन्धले कुनै दिर्घकालिन असर परेको देखिएन ।

कहिलेकाँही झगडा गर्ने जोडीहरु स–साना भ्रमका बाबजुद पनि लामो समयसम्मसँगै बस्छन् । किनभने उनीहरुलाई आफ्नो माया चोखो र पवित्र छ भन्ने थाहा हुन्छ । झगडा परिपक्व सम्बन्धको संकेत हो । आफ्नो सम्बन्धलाई दिगो र रमाइलो बनाउने हो भने मनमा तुष पालेर बस्नु हुँदैन । मनको कुरा आफ्नो जोडीसँग पोखिहाल्नुपर्छ । यदि तपाईं आफ्नो पार्टनरसँग खुल्ला दिमागले राम्रोसँग बोल्न सक्नुभयो भने सम्बन्धमा प्रगाढता आँउछ ।

कहिलेकाहीँ हुने स–साना झगडापछि तपाईंलाई आफ्नो गल्तीको महसुस हुन्छ र यसले तपाईं आफ्नो प्रेमलाई अर्को तहमा पुर्याउन चाहनुहुन्छ भन्ने देखाउँछ ।

पार्टनरको कुनै बानी तपाईंलाई नराम्रो लाग्छ भने आँखा चिम्लिदिन सजिलो हुन्छ । तर पनि यदि तपाईं त्यो बानी सुधारियोस भन्ने चाहनुहुन्छ र राम्रो नतिजा ल्याउनको लागि पिडा र झगडा बेहोर्न तयार हुनुहुन्छ भने यो तपाईंको साँचो मायाको संकेत हो ।

अर्को शब्दमा भन्नुपर्दा कहिलेकाही एकआपसमा झगडा गर्नु भनेको तपाईंहरु अझै एकअर्काप्रति धेरै प्रतिबद्ध हुनुहुन्छ भन्ने हो ।

एकपटक सोच्नुहोस् तपाईं आफ्नो आमाबुबा र दाजुभाई दिदीबहिनीसँग कति झगडा गर्नुहुन्छ र पार्टनरसँगको सम्बन्धमा पनि यस्तै हुन्छ । यदि तपाईंहरु धेरै झगडा गर्नुहुन्छ भने यसको अर्थ तपाईंहरु एकअर्कालाई धेरै माया गर्नुहुन्छ ।

तपाईंले चुप बसेर आफ्नो जोडीको विश्वास जित्न सक्नुहुन्न । यसको लागि तपाईंले खुल्ला दिमागले कुरा गर्नुपर्छ । आफ्नो कार्यहरुको जिम्मेवारी बहन गर्नुपर्छ र एकअर्काको कुरा राम्रोसँग सुन्नुपर्छ ।
झगडा वा वादविवाद गर्नु पनि सञ्चारको प्रमुख र सबैभन्दा प्रभावकारी रुप हो । यसले आत्मियता, विश्वास र लगावको भावना बढाउन मद्धत गर्छ र पार्टनरलाई तपाईंसँग अझै राम्रो तरिकाले कुरा गर्न सिकाउँछ ।

मनोवैज्ञानिकहरुले स्वस्थ र सुखी सम्बन्धका ७ मुख्य तत्वहरुमा झगडालाई पनि एक मानेका छन् । यदि जोडीले कहिल्यै पनि झगडा गरेनन् भने त्यसले उनीहरु दुईजना बीचमा केही राम्रो नभएको संकेत गर्छ ।

झगडाले जोडीलाई उनीहरुको मान्यता र भावनालाई फेरि सोचेर पार्टनरको मागलाई फेरि सम्बोधन गर्न वा वार्ता गर्न सहयोग गर्छ । तर, विचार गर्नुपर्ने कुरा तपाईंको बहस अस्वस्थ र हिंस्रक हुनुहुँदैन । त्यसैले आफ्नो कुराहरु नाम नबोलाई वा ठुलो स्वर नबनाइकन राख्ने गर्नुहोस् ।

जब तपाईं आफ्नो पार्टनरसँग झगडा गर्नुहुन्छ, यसमा जीत–हार कुरा ठूलो होइन । सबैभन्दा मुख्य कुरा तपाईंहरुले एक अर्कालाई राम्रोसँग बुझ्न पाउनुहुन्छ । बेलाबखत हुने साना झगडाले दुवैलाई एकअर्काको प्रकृति र स्वभाव बुझ्न सहयोग गर्छ । यसले आफ्नो पार्टनरसँग कसरी व्यवहार गर्ने भन्ने सिकाउँछ ।

झगडाले सबै चुनौतीहरुलाई सँगै मिलेर सामना गर्न सिकाउँछ । अझै महत्वपूर्ण त तपाईंलाई पार्टनरसँग सम्झौता गर्न र दुईजना बीचमा बलियो सम्बन्ध स्थापना गर्न सघाउँछ ।

प्रतिक्रिया दिनुहोस्