अमेरिकी राष्ट्रपति ट्रम्पलाई बिल वेल्डको चुनौती, राष्ट्रपति उम्मेद्वारको घोषणा



एजेन्सी : सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनका लागि रिपब्लीकन पार्टीका तर्फबाट बिल वेल्डले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी भइरहेका समयमा बिल वेल्डले उम्मेदवारी घोषणा गरेका हुन् । उनले पार्टीभित्रैबाट ट्रम्पलाई चूनौती दिने अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका छन् ।

विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट १८ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । 

अमेरिकी म्यासाचुसेट्स राज्यका ७३ वर्षीय पूर्व गभर्नर बिल वेल्डले ट्विट गर्दै आफूले उम्मेदवारी दिने बताए ।

प्रतिक्रिया दिनुहोस्