कस्तो होला आगामी तीन दिनको मौसम ?



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ ।

अहिले कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको महाशाखाले जनाएको हो ।

हाल हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैगरी बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । साथै देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : कात्तिक २५, २०७७

प्रतिक्रिया दिनुहोस्