पछिल्लो २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय २० कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार संक्रमित पुष्टि हुनेमा ६ सय ३ महिला र ८ सय १७ पुरुष रहेका छन् । काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३५ जना छन् भने १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रकाशित : कात्तिक २५, २०७७

प्रतिक्रिया दिनुहोस्