प्रदेश २ सरकारद्वारा मुख्यालयको नाम मधेस भवन नामाकरण



काठमाडाैं : चाैतर्फी विराेध भइरहँदा प्रदेश २ सरकारले जनकपुर चुरोट कारखानामा रहेको प्रदेश सरकारको सचिवालयलाई मधेस भवन नामाकरण गरेको छ। मन्त्रिपरिषद् बैठकले जचुकालिको प्रशासनिक सचिवालयलाई मधेस भवन नाम राख्ने निर्णय गरेको मुख्यमन्त्री राउतले जानकारी दिएका छन् ।  प्रदेश २ मा अहिले प्रदेशको नामकरणलाई लिएर राजनीतिक दलबीच फरक-फरक मत देखिएकाे  छ । 

 

सत्ता पक्ष राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले प्रदेश २ को नाम या मध्य मधेश वा मधेश प्रदेश राख्नुपर्ने मत राखिरहेका छन् भने प्रतिपक्ष नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपाको नेताहरुले मिथिला-भोजपुरा हुनुपर्ने मत राखिरहेका छन् ।

 

शुक्रबार पुनः मन्त्री परिषद्को बैठकले प्रदेश सरकारले जनकपुर चुरोट कारखानाको परिसरमा रहेको प्रदेश सरकार सचिवालयकाे नाम मधेश भवन नामाकरण गरेको छ भने जचुकाली भवन परिसरभित्र हाल कायम रहेको सचिवालयका भवनहरुलाई समेत मधेश भवन नामकरण गरेको छ । 

 

यस विषयमाथि विपक्षको कस्तो प्रतिक्रिया आउने सर्वसाधारणको प्रतिक्षाको विषय बनेको छ । बैठकले रामजानकी विवाहपञ्चमी मेलाका लागि ५० लाख रुपैयाँ र छठपर्वमा दुई दिन सार्वजनिक बिदा दिने पनि प्रदेश सरकारले निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्