देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा : महाशाखा



काठमाडौं : देशका अधिकांश क्षेत्रको मौसम आज सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार बिहान दैनिक बुलेटिन जारी गर्दै महाशाखाले अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

अहिले हिमाली भू–भागमा आंशिका बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : कात्तिक २६, २०७७

प्रतिक्रिया दिनुहोस्