ट्रककाे ठक्करबाट भक्तपुरमा एक जनाकाे मृत्यु



भक्तपुर-  भक्तपुरमा ट्रककाे ठक्करबाट एक पैदलयात्रीकाे मृत्यु भएकाे छ।

भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा५ख ३८३९ नंको निशान ट्रकले रामेछाप सुनपाती गाउँपालिका–३ घर भई भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानलाई ठक्कर दिएकाे महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

हिजो राति ७ बजे उक्त घटना भएकाे र घाइते मोक्तानको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीले ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल भक्तपुर १० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्