भारतमा ‘टिक टक’माथि प्रतिबन्ध, गुगल प्ले स्टाेरबाट हटाइयाे



काठमाडाैं : पछिल्लो समय लोकप्रिय रहेको भिडियो एप्स ‘टिक–टक’माथि भारतमा प्रतिबन्ध लगाइएको छ। 

मद्रास उच्च न्यायालयले ‘टिक टक’ बन्द गर्ने आदेश दिएको हो। मद्रासको आदेशविरुद्ध भारतको सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेको हो। सर्वोच्चको यस आदेशसँगै मंगलबारबाट भारतभर ‘टिक टक’ बन्द भएको छ। 

अब भारतमा गुगल प्ले स्टोरमा टिक टक भेटिने छैन। एप्पलको प्लेटफर्ममा भने रातिसम्म सो एप्स उपलब्ध रहेको बताइएको छ। ‘टिक–टक’मा विशेष इफेक्टका साथ प्रयोगकर्ताले भिडियो बनाउन र शेयर गर्न सक्ने व्यवस्था गरिएको छ। पछिल्लो समय ‘टिक–टक’ भिडियो निकै लोकप्रिय छन। 

भारतमा मात्रै ११ करोड ४४ लाख टिक टकप प्रयोगकर्ता रहेको इन्डियन एक्सप्रेसले आफ्नो समाचारमा लेखेको छ।

भारतमा यसमा रोक लगाउनु्को कारण बालबालिकामाथि परेको असर र पार्नोग्राफी मानिएको छ। भारतको सर्वोच्च अदालतले यसै विषयलाई आधार मानेर रोक लगाउने फैसला गरेको हो।

भारतमा टिक टक बन्दभएसँगै अब नेपालमा के हुन्छ भन्ने सर्वत्र चासो फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्