सचिवालय बैठक सार्न प्रचण्डलाई ओलीको प्रस्ताव



काठमाडौं : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षले सचिवालय बैठक सार्न प्रचण्ड–नेपाल समूहलाई प्रस्ताव गरेको छ ।

भोलि (बुधबार)को लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक केही दिन पछाडि सानै ओली पक्षले प्रचण्ड–माधव पक्षसँग प्रस्ताव गरेको हो ।

सचिवालय बैठक बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको छ ।

प्रधानमन्त्री ओली पक्षले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ । तर, प्रचण्डले बैठक सार्ने र नसार्ने विषय भोलि बस्ने बैठकबाटै टुंगो लगाउनुपर्ने ओली पक्षलाई जवाफ दिएको बुझिएको छ ।

शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् । बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्डको अडान छ भने ओली पक्षले चाहिँ प्रचण्डले सो प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।

कात्तिक २८ गते शुरु भएको सचिवालय बैठक भोलिको बैठक पछि थप लम्बिन सक्ने बुझिएको छ ।

यो पनि

ओली समूह सहभागी नभएपनि सचिवालय बैठक नरोकिन प्रचण्ड–नेपाल समूहद्वारा स्पष्ट

ओलीको सन्देश बोकेर महासचिव पौडेल प्रचण्ड निवासमा

प्रकाशित : मंसिर २, २०७७

प्रतिक्रिया दिनुहोस्