दाङका संक्रमित एक पुरुषको कोहलपुर अस्पतालमा मृत्यु



बाँके : कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर जाँचमा ती पुरुषलाई कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात उनी होमआइसोलेसनमा बसेको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि मङ्सिर २ गते राति शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।

अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका ती पुरुषलाई उपचारका क्रममा अक्सिजन, फेसमास्क, एन्टिबायोटिक्स, भेन्टिलेटरलगायतका सम्पूर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रँदै गएपछि आज बिहान मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

यससँगैै बाँकेमा बाहिरी जिल्लाबाट कोरोनाको उपचारको क्रममा ज्यान गुमाएका ४० र बाँके जिल्ला निवासी ३७ गरी कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा

नयाँदिल्ली : भारतीय काँग्रेसका वरिष्ठ नेता महमद पटेलको कोरोना संक्रमणका कारण बुधबार मृत्यु भएको छ

महोत्तरी : महोत्तरीको बर्दिवास थप तनावको अवस्था सिर्जना भएको छ । मंगलबार प्रहरीको गोली लागेर

काठमाडौं : गृह मन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जनकराज

काठमाडौं : महिला हिंसाविरुद्धको १६ दिने अभियान आज (बुधबार)देखि देशव्यापी रुपमा शुरु भएको छ ।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिन सम्बद्ध पक्षलाई आह्वान

काठमाडौं– कोरोना भाइरसको महामारी र विश्वका विभिन्न देशले सुरक्षाका लागि गरेका लकडाउनका कारण स्वदेश फर्कन

काठमाडौं : यस वर्षको हरिबोधनी एकादशी २ दिन परेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल

काठमाडौं : वैदेशिक रोजगार विभागले २ दिनमा ३ वटा मेनपावर कम्पनीमा छापा मारेको छ ।

बैतडी : बैतडीमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४

दोलखा : सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १८ औं पटक पसिना आएको छ । भीमसेनलाई

महोत्तरी : महोत्तरीको बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका व्यक्तिको