झापाको विर्तामोडमा सवारी दुर्घटना, दुई जनाको मृत्यु



झापा : झापाको विर्तामोडमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधवार मध्याह्न ११ बजेर २५ मिनेट जाँदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको बिर्तामोड नगरपालिका–६, बसपार्क पूर्व दुईवटा मोटर साइकल एक आपसमा जुधेर सडकमा लडेका बेला ट्रक आएर किचेको हो ।

मृत्यु हुने दुवै जना पुरुष रहेका तर पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यही बेला ट्रक आएर किचेको प्रहरी निरीक्षक जबेगुले बताए ।

मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर ३, २०७७

प्रतिक्रिया दिनुहोस्