देशभरका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जनाएको छ ।

देशभर अहिले उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन, तर स्थानीय वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ ।

अहिले देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

यसैगरी शुक्रबार दिउँसो र राति देशभरको मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।

त्यस्तै शनिबार पनि देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही क्षेत्रमा बिहान लागेको हुस्सु बिस्तारै खुल्दै जाने महाशाखाले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०७७

प्रतिक्रिया दिनुहोस्