धनुषामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु



जनकपुरधाम : धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ । जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष बन्दे बहादुर मोक्तानको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

७० वर्षीय मोक्तानको आज (बिहीबार) विहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले जानकारी दिए ।

वडाध्यक्ष मोक्तानलाई एक हप्ता पहिले ज्वरो लागेपछि पुष्पवलपुरस्थित स्वास्थ्यचौकीमा उपचार गराइएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो ।

उनी यहाँस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थिए । शरीरमा अक्सिजन लेभल समेत कम रहेको वडाध्यक्ष मोक्तानको गत सोमबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रकाशित :४ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्