गुल्मी दरबार गाउँपालिका : जहाँका सबै निजी स्कुल सामुदायिकमा गाभियो 



गुल्मी : यहाँको गुल्मी दरबार गाउँपालिकाले सबै निजी विद्यालय (बोर्डिङ) लाई सामुदायिक स्कुलमा गाभेको छ। नयाँ शैक्षिक सत्र हुनुअगावै गाउँपालिकाले ६ वटै निजी स्कुललाई समुदायमा गाभेको हो । 

सुचना अधिकारी सुरेश खनालका अनुसार सबै निजी विद्यालय सामुदायिकमा गाभ्ने निर्णय यसै शैक्षिक सत्रका लागि भएको हो । 'अब हाम्रो गाउँपालिका निजी स्कुलबिहीन भएको छ', खनालले भने, 'शिक्षाको दोहोरो प्रणाली हटाउँदै सामुदायिक विद्यालको पठनपाठन बलियो बनाउन यो निर्णय लिएका हौँ ।'

गुल्मी दरबार गाउँपालिकाले निजी गौरीशंकर स्कुललाई सामुदायिक ईश्वरी माविमा गाभिएको छ । त्यसैगरी निजी रेसुंगा स्कुललाई सामुदायिक ठूलोपोखरा स्कुलमा गाभिएको छ। त्यसक्रममा शिक्षक र विद्यार्थी पनि सामुदायिकमा गाभिएको हो । पाल्पामा पनि यो क्रम सुरु भएको छ । 

देशभर निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला अब गुल्मी दरबार गाउँपालिकाका सबै बालबालिकाले सामुदायिक विद्यालयम पढ्नेछन् । गुल्मी दरबार गाँउपालिकाका अध्यक्ष अशोक थापाको नेतृत्वमा भएको यो निर्णयको प्रशंसा भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्