भ्रष्टाचार आरोपमा नुवाकोट क्याम्पसका प्रमुखलाई विद्यार्थीको मोसो



नुवाकोट : नुवाकोटको बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसका प्रमुखलाई विद्यार्थीले मोसो दलेका छन् । प्रवेश निषेध गरिएका क्याम्पस प्रमुख नारायणमान डंगोल कार्यकक्षमा पसेपछि विद्यार्थीको समूहले मोसो दलेका हुन् । मोसो दल्ने विद्यार्थी अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका सदस्य हुन् । 

डंगोलले क्याम्पसमा भ्रष्टाचार गरेको आरोप विद्यार्थीहरूले लगाएका छन् । उनीहरुले डंगोलविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएका थिए ।  

स्ववियु निर्वाचन रोकेपछि क्याम्पस प्रमुख र अध्यक्षलाई प्रवेश निषेधको सूचना राखेर बसेका विद्यार्थीले बिहीबार मोसो दलेको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष विष्णुहरि रिमाल सत्यले बताएका छन् । मोसो दलेसँगै प्रमुख डंगोल कार्यकक्षमा थुनिएका छन ।  उनलाई प्रहरीले सुरक्षा दिएको छ । 

प्रतिक्रिया दिनुहोस्