कोरोनाले विराटनगरमा २ जना भारतीय नागरिकको मृत्यु



विराटनगर : कोरोना संक्रमणबाट विराटगरमा २ जना भारतीय नागरिकको मृत्यु भएको छ ।

विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एक-एकजनाको मृत्यु भएको हो । आज (शुक्रबार) विराटमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।

बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई बिहीबार कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । मृतकमा स्वास्थ्यसम्बन्धी कुनै पुरानो समस्या थियो कि थिएन भन्ने यकिन भइनसकेको अस्पतालका आइसोलेशन प्रमुख सुनिल देवले बताए ।

कोरोनाका कारण नेपाल-भारत सीमामा आवतजावत गर्न रोक लगाउँदै नाका सिल गरिएको अवस्थामा उनी कसरी नेपाल छिरे भन्ने खुल्न सकेको छैन । यसअघि नोबेल मेडिकल कलेजमा भारतीय नागरिकको मृत्यु भएको थियो । अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत ४५ वर्षीय भारतीय नागरिकको २९ कार्तिकमा मृत्यु भएको थियो ।

उनलाई २५ कार्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । भारतीय प्रशासनले अनुमति नदिएपछि मृतकको अन्त्येष्टि विराटनगरमा नै गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : ५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्