आमा छोराछोरीसहित ३ जना मृत फेला



काठमाडौं : हङकङको एक फ्ल्याटमा शनिबार ३ जना व्यक्ति मृत भेटिएका छन् ।

आमा र छोराछोरीसहित शनिबार ३ जना मृत फेला परेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । शनिबार मध्यान्न साम सेङको न्यु टेरिटोरीस्थित सि रेस भिल्लेको फ्ल्याटमा ४६ वर्षकी आमा, १७ वर्षका उनका छोरा र २१ वर्षकी छोरी मृत अवस्थामा भेटिएको त्यहाँको प्रहरीले जनाएको छ ।

एक पुरुषले आफ्नो फ्ल्याट भित्रबाट बन्द भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरी अग्निनियन्त्रकसहित त्यहाँ पुग्दा उनका श्रीमती, छोरा र छोरी मृत भेटिएका थिए । ती पुरुष चाँही किन फ्ल्याट बाहिर थिए भन्नेबारेमा यतिबेला प्रहरी अनुसन्धान गरिरहेको छ ।

ती महिला र छोरा छोरीले आत्महत्या गरेका हुन् या यो घटना हत्या थियो भन्नेबारेमा पनि अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रकाशित :६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्