नेपालगञ्ज म्याराथनका विजेता टोकियो ओलम्पिकमा छनोट



काठमाडौं : छैटौं नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् ।

आज (शनिबार) नेपालगञ्जमा सम्पन्न म्याराथनको उपाधि जित्दै गोपीचन्द्र अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकमा छनोट भएका छन् ।

कोरोना भाइरसको महामारीको कारण अन्य प्रतियोगिता आयोजना नहुँदा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगञ्ज म्याराथनको विजेतालाई ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो ।

गत डिसेम्बरमा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ५ हजार मिटर दौडमा स्वर्ण जितेका पार्की अब टोकियो ओलम्पिकमा जाने छन् । उनले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरेका हुन् ।

उपाधिसँगै गोपीले नगद ७५ हजार प्राप्त गरेका छन् । अर्को विभागीय क्लब त्रिभुवन आर्मीका कृष्ण बस्नेतले २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गर्दै दोस्रो स्थान प्राप्त गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पुरा गर्दै तेस्रो भए । गत वर्षको विजेता आर्मीकै नवराज साउद चौथो भए । उनलेले २ घण्टा ३१ मिनेट २१ सेकेन्डमा दौड पूरा गरे ।

दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो भएको साउदले १०, पाँचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौमा सेनाका नवराज साउद विजेता भएका थिए ।

महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितेकी छिन् । १३औं सागको हाफ म्याराथनमा रजत पदक जितेकी पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । उनले नगद ३० हजार प्राप्त गरेकी छिन् ।

कर्णाली प्रदेशकी मन्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् भने शर्मिला धर्तीले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । दोस्रो भएकी मन्जुले १५ हजार र तेस्रो भएकी शर्मिलाले १० हजार प्राप्त गरेका छन् ।

प्रकाशित :६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : काठमाडौंको मैतीदेवीबाट बहुमूल्य वन्यजन्तु सालको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमित व्यक्तिको

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित

काठमाडौं : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो

काठमाडौं : आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला हुने भएको छ । कोरोना महामारीका

काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका

काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ । ३३

सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास

कैलाली : धनगढी आउँदै गरेको ना४ख ९९ नम्बरको बस अछाममा दुर्घटना हुँदा एक जनाको मृत्यु

महोत्तरी : बर्दिवासको बालिका हत्या प्रकरणको सुक्ष्म छानबिन शुरु भएको छ । बर्दिवास–१४ शुभम् बस्तीकी