शिवलिंग हेर्न भक्तजनको घुइँचो



जनकपुरधाम : पूर्व पश्चिम राजमार्गस्थित सप्तरीको शम्भुनाथ नगरपालिकामा रहेको शम्भुनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। प्रत्येक वर्षको वैशाख १ गते देखि ३० गते सम्म सो मन्दिरमा मेला लाग्दै आएको छ।

यतिबेला मन्दिर भित्र रहेको कालो पत्थरको शिवलिंग हेर्न र पुजाआजा गर्न भक्तजनको घुइँचो लागेको छ। एक फिटभन्दा कम आकारमा भेटिएको सो शिवलिङ्गको लम्बाइ अहिले चार फिट माथि पुगेको छ।

१५ औं शताब्दिमा चन्द्रकेतु नामका राजाद्वारा स्थापना गरिएको सो शिवलिंग बढदै गएपछि सबै आश्चर्यमा परेका छन्। मेला नभएका बेलामा पनि देश तथा विदेशबाट भक्तजन तथा पर्यटक शिवलिंग हेर्न त्यहाँ पुग्ने गरेका छन्।

राजा चन्द्रकेतुले सप्तरीको चुरे पर्वतमाथि कुलदेवी चन्द्रभागा भगवतीको गढ (मन्दिर) स्थापना गरेको र सोही मन्दिरको एउटा स्तम्भलाई शम्भुनाथमा ल्याई शम्भुनाथ महादेव भनी पूजा गरिँदै आएको छ। 

प्रतिक्रिया दिनुहोस्