ओली सरकारविरुद्ध सडकमा उत्रन विप्लवको अपिल



काठमाडौं : सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना दुई नेतालाई विना सर्त रिहा गर्न माग गरेको छ ।

शनिबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले विज्ञप्ति जारी गर्दै केन्द्रीय अर्थ विभागका प्रमुख एवं पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) र अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण)लाई विना सर्त रिहाइ गर्न माग गरेका हुन् ।

शुक्रबार दिउँसो राजधानीको नख्खु क्षेत्रमा व्यवसायीहरुसँग छलफल गरिरहेको बेला प्रहरीले हो ।

प्रवक्ता प्रकाण्डले उनीहरुलाई विनासर्त रिहाई नगरे उत्पन्न हुने परिस्थितिको जिम्मेवार ओली सरकार हुने चेतावनी पनि दिएका छन् ।

पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई जबरजस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी प्रकाण्डले गरेका छन् ।

उनीहरूको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लंघन भएको प्रकाण्डद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘क्रान्तिका मान्छेहरुलाई निचतापूर्ण आक्षेप लगाउने, बदनाम गर्न कुचेष्टा गर्ने, झूट्टो मुद्दामा फसाउन अपराध गर्ने र शारीरिक तथा मानसिक यातना दिई कार्यकर्ताहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने हर्कत गरियो भने उक्त कार्य पार्टीलाई कुनै पनि मूल्यमा स्वीकार्य हुने छैन । त्यसको भागीदार अपराधमा संलग्न तत्वहरू भएरै छोड्ने कुरा पनि पार्टी स्पष्ट गर्दछ,’ विज्ञप्तिमा चेतावनी दिइएको छ–‘चोरलाई चौतारो र साधुलाई शूली गर्ने ओली सरकार र यसको गृह प्रशासनकाविरुद्ध उत्रन राजनीतिक पार्टी, मानवअधिकारवादी जनवर्ग लगायतलाई हाम्रो पार्टी विशेष अपिल गर्दछ ।’

प्रकाशित : मंसिर ७, २०७७

प्रतिक्रिया दिनुहोस्