सवारी दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर



महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुरमा शनिबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान् डम्बरदेव जोशी र १५ वर्षीया छोरी ममता जोशी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।

घाइते डम्बरदेवको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने छोरी ममतालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रवक्ता थापाले जानकारी दिए ।

प्रहरीले ट्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर ७, २०७७

प्रतिक्रिया दिनुहोस्