प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग गरे छलफल



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

आज (आइतबार) दिउँसो ४ वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन् ।

उनले नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, शसस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर देशको पछिल्लो सुरक्षा व्यवस्थाबारे छलफल गरेका छन् ।

नेकपाभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समिकरणको प्रस्ताव गरेसँगै सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रकाशित :७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्