यसकारण निचोडमा पुग्न सकेन निर्मला हत्या प्रकरण



काठमाडाैंः प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त र काठमाडौंको बबरमहलमा आफ्नै निवासमा मृत भेटिएका पूर्वराजदूत झा हत्या प्रकरणमा सूचनाको स्रोतबिनै अनुसन्धान गरिरहेको छ। हत्या भएको लामो समय बित्दासमेत सूचनाको आधिकारिक स्रोतको अभावमा प्रहरीले यी दुवै घटनाको अनुसन्धानलाई निचोडमा पुर्याउन सकेको छैन।

हाल आएर प्रहरीले निर्मला पन्त र पूर्वराजदूत झाको हत्यालाई उस्तै प्रकृतिको घटनाका रूपमा लिन थालेको छ। कारण दुवै घटनामा प्रहरीलाई सूचना दिने मान्छेसमेत छैन। यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्। ‘प्रहरीले सूचनाको ‘लिड’ पाए ‘भेरिफिकेसन’ गर्न सहज हुने बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्