देव विकास बैंकले साढे ५ प्रतिशत बोनस सेयर वितरण गर्ने



काठमाडाैंः देवः विकास बैंकले सेयरधनीलाई चुक्ता पुँजीको साढे पाँच प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ०७४/०७५को वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेस गर्ने समेत निर्णय गरेको छ।

राष्ट्र बैंकबाट स्वीकृतिपश्चात् वार्षिक साधारणसभा बैठकबाट पारित गराई उक्त बोनस सेयर प्रदान गर्ने बैंकले जनाएको छ। बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० हजार ३ सय ४८ रुपैयाँ रहेको छ। बैंकले उक्त चुक्ता पुँजीको ५.५ प्रतिशत अर्थात् १३ लाख ९३ हजार ५ सय २४ रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। 

प्रतिक्रिया दिनुहोस्