कोरोना संक्रमणबाट पोखरामा ७६ वर्षीय वृद्धको मृत्यु



पोखरा : कास्कीको पोखरामा कोरोना संक्रमणबाट ७६ वर्षीय वृद्धको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूषको बुधबार बिहान ४ः४० बजे मृत्यु भएको हो ।

ती वृद्धमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुगेको छ ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्