काँग्रेस सरकारमा जाँदैन् : कृष्णप्रसाद सिटौला



काठमाडौं : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो पार्टी सरकारमा जान्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । उनले बुधवार सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै सो कुरा बताएका हुन् ।

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकारको आन्तरिक किचलोमा काँग्रेसको कुनै सरोकार नरहेको समेत पनि बताएका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी र सरकारको आन्तरिक कलहमा नेपाली काँग्रेसको कुनै सरोकार छैन । नेकपा पार्टी फुट्छ र काँग्रेस सरकारमा जान्छ भन्ने भ्रममा हामी पर्न हुन्न । प्रतिपक्षको हैसियतले जनताको आवाज उठाउन काँग्रेस सडकमा जानु पर्छ,’ उनले फेसबुकमा लेखेका छन् ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव राखेको खबर बाहिरिएपछि काँग्रेस सरकारमा जाने चर्चा चलेको थियो ।

सोही विषयमा काँग्रेसका नेताहरुले स्पष्टिकरण दिइरहेका छन् ।

प्रकाशित : मंसिर १०, २०७७

प्रतिक्रिया दिनुहोस्