जग्गा विवादमा झडप, एक जनाको मृत्यु



रौतहट : रौतहटको गरुडा नगरपालिका-७ मा जग्गाको विषयमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गरुडा नगरपालिका-७ भिमडाबरका ५० वर्षीय फतिंगा ठाकुर हुन् । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार झडपका क्रममा ज्ञानी ठाकुर, ध्यानी ठाकुर र नागेन्द्र ठाकुरको समूहले चिरान काठले टाउकोमा प्रहार गर्दा फतिंगा गम्भीर घाइते भएका थिए ।

घाइते फतिंगाको गरुडाकै अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चिरान काठ प्रहार गर्ने तीनै जना दाजुभाइले फतिंगा ठाकुरको जमिनलाई आफ्नो जमिन भनि दाबी गर्दै आएका थिए ।

जग्गा विवादले बुधबार उग्ररुप लिँदा दुवै पक्षबीच कुटाकुट भएको र फतिंगालाई चिरान काठ प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको डीएसपी रावलले बताए ।

शव पोष्टमार्टमका लागि गौर अस्पताल लगिएको छ भने तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको डीएसपीको भनाइ छ ।

प्रकाशित :१० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्