नायिका स्वेता खड्काको विवाह मंसिर २२ मा हुँदै



काठमाडौं : अभिनेत्री स्वेता खड्काको विवाह यही मंसिर २२ गते हुँदैछ ।

नायिक स्वेताले धनगढीका युवक विजेन्द्र रावतसँग मंसिर २२ मा लगनगाँठो कस्ने भएकी छिन् । उनले विवाह गर्न लागेका युवक धनगढीका विजेन्द्र रावत हुन् ।

आफुभन्दा कम उमेरको युवकसँग उनले विवाह गर्न लागेकी छिन् । स्वेता र विजेन्द्रको परिवारले तयारी थालेको बताइएको छ । विजेन्द्रको विवाहका लागि उनका बुबा आमा काठमाडौं आइसकेका छन् । विजेन्द्र पनि काठमाडौंमै रहेका छन् ।

बिहे मंसिर २२ गते काठमाडौंमै हुने बताईएको छ । तर परिवारले बिहेको कुरा गोप्य राखेका छन् । दशैंको टीका लगाएका बेला विजेन्द्रसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे चर्चा चलेको थियो ।

स्वेताले सो कुरा नकार्दै आएकी थिईन् । विजेन्द्रकी आमाको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी थिईन् ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ । त्यसपछि उनको बिहेलाई लिएर चलचित्र क्षेत्रमा चर्चा चलेको थियो ।

अभिनेत्री स्वेताले भने त्यो बेला फैलिएको हल्ला गलत भएको प्रतिक्रिया दिएकी थिईन् । मंसिर २२ गते हुने विवाहका लागि विजेन्द्रको तर्फबाट निम्ता गरिएकाहरु काठमाडौं आउने क्रम शुरु भएको छ भने कतिपय आउने तयारीमा रहेको बताइएको छ ।

प्रकाशित :१० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्