विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड भन्दा बढी



काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड भन्दा बढी भएको छ । वर्ल्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर ६ करोड २ लाख ४० हजार मानिसहरु संक्रमित भएका छन् ।

जसमध्ये १४ लाख १७ हजार ८ सय ४० जनाको मृत्यु भएको छ । हालसम्म ४ करोड १६ लाखभन्दा बढी मानिसहरु कोरोनामुक्त भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म १ करोड २९ लाख ५८ हजारभन्दा बढीलाई कोरोना संक्रमण भएको छ भने २ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकापछि भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो । भारतमा अहिलेसम्म ९२ लाख २२ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने १ लाख ३४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलमा ६१ लाख २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा १ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रकाशित :१० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्