देशभर आंशिकदेखि सामान्य बदली : महाशाखा



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभरका मौसममा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले देशभर पश्चिमी वायुको प्रभाव रहेकाले मौसम बदली भएको हो ।

हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र क्षेत्रमा आंशिक बदली रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान, प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी शुक्रबार बाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदलि र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलि रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । बाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै राति प्रदेश नं १ मा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार दिउँसो भने पहाडी भूभागका केहि स्थानमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : मंसिर ११, २०७७

प्रतिक्रिया दिनुहोस्