भारतले पुननिर्माण गरिदियो सिन्धुपाल्चोकको कुन्देलिङ गुम्बा



काठमाडौँः भारतीय राजदूतावास काठमाडौंले सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँमा छ््योइफेल गुम्बाको पुननिर्माण गरिदिएको छ । सिन्धुपाल्चोकको कुन्देलिङ गुम्बाउक्त गुम्बाको उद्घाटन स्याल्पा तेन्जिङ् रिम्पोछेले शुक्रबार उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार विशेष अतिथिका रुपमा उपस्थित थिए । 

गुम्बा पुनर्निर्माणसँगै एक करोड ८९ लाख अनुदान सहयोगमा आवास, भान्छा, सरसफाई सुविधा तथा कम्पाउण्ड पर्खाल जस्ता थप संरचनाको निर्माण भएको छ । 

वास्तुकला डिजाइन, नक्सा र लागत अनुमान तयार पारी एवम् गुम्बा निर्माणको सुपरिवेक्षण गरी जिल्ला समन्वय समिति चौताराले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।  

लिसंखु गाउँवासीहरुको सक्रिय पहल तथा योगदानमा सन् १९४६ मा सो छ्योइफेल कुन्देलिङ गुम्बाको निर्माण भएको थियो । 

बौद्ध धर्म शिक्षा, थाङ्का चित्रकला, काष्ठकला तथा मूर्तिकला जस्ता विविध सामाजिक–साँस्कृतिक क्रियाकलापहरुमा गुम्बाको संलग्नता रहदै आएको छ । उक्त गुम्बा एक महत्वपूर्ण सम्पदा मात्र नभएर त्यहाँ अवस्थित मानिसहरुको सामाजिक–सांस्कृतिक जीवनको अभिन्न पाटो पनि हो ।

 

प्रतिक्रिया दिनुहोस्