खोप लगाएको भोलिपल्टै बालकको मृत्यु भएपछि गाउँ तनावग्रस्त



नेपालगञ्ज : खोप लगाएको भोलिपल्टै बालकको मृत्यु भएपछि बाँकेको इन्द्रपुरमा तनाव भएको छ। जानकी गाउँपालिका–३ इन्द्रपुरबाट खटिएको टोलीले शुक्रबार रम्भापुर भन्ने गाउँमा बालबालिकालाई खोप लगाएको थियो।

 

बिहान साढे दश बजे खोप लगाएका ५० दिनका बालक साजन अलि नाउको आज शनिबार बिहान चार बजे मृत्यु भएपछि परिवार तथा स्थानीयले आक्रोश पोखेका हुन्।

 

बालकलाई शुक्रबार १०ः३० बजे डिपिटी, एफआइटिभी, पिसिबी र मुखबाट खुवाउने पोलियो थापा (ओपिभी) खुवाइएको थियो। दिउँसोभरि कुनै असर नदेखिएका बालकको राति सुतेको ठाउँमै मृत्यु भएको थियो। दूध खाएर सुतेका बालकको बिहान चार बजे मृत्यु भएको थियो।

 

बालकको मृत्यु भएपछि परिवार तथा स्थानीयले खोपका कारणले हो भन्दै आक्रोश पोखेका छन्। स्थानीयको भीडले खोप लगाउने स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरेका छन्। प्रहरीले आवश्यक अनुसन्धानका लागि खोप लगाउने अनमी सन्ध्या धिमाललाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ।

 

बच्चा जन्मिने बित्तिकै बिसिजी खोप लगाइन्छ। एक महिनापछि उल्लेखित खोप तथा पोलियो थोपा खुवाउने जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले बताए। इन्द्रपुरको घटनामा खोप या अनमीको कमजोरीबारे बुझ्दै गरेको बताए। ‘खोप या स्वास्थ्यकर्मीको गडबडी भए तत्कालै या केही घण्टामै असर देखिन्छ, यो घटनामा त धेरै समय भइसकेको थियो,’ चन्दले भने।

 

जनस्वास्थ्य अधिकृत चन्दले यस्ता घटना बाहिर आएपछि बाल स्वास्थ्य महाशाखा, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु अनुसन्धान गर्न आउने बताए। यो घटनामा पनि भोलि या पर्सी नै विश्व स्वास्थ्य संगठन, बाल स्वास्थ्य महाशाखा र प्रदेश निर्देशनालयबाट अनु

प्रतिक्रिया दिनुहोस्